Friday, March 21, 2014

घास खेती


नेपालमा मुख्य गरेर पराल घाँस स्याउला तथा अन्नका दानाहरु आहाराको रुपमा प्रयोग गरिन्छ। नेपालमा उपलब्ध पशु आहाराहरुलाई निम्न वर्गमा बाँड्न सकिन्छ। 
१) कृषिजन्य उपपदार्थ :- अन्न वालीहरुबाट उव्रिएको मानब भोजनको लागी प्रयोग नहुने पर्दाथलाई कृषिजन्य उप-पर्दाथ भनिन्छ। 
२) खेतवारीमा उम्रिएका घाँसहरु  :- खेती गरिएका घाँसहरु, चरण खर्कमा उम्रीएका घाँसहरु पशु आहाराको प्रमुख श्रोत हो। 
३)पात तथा स्याउला  :- पात र स्याउला पशु आहाराको प्रमुख श्रोत हो । पात र स्याउलाहरुले हिँउद तथा सुख्खा मौसममा हरियो घाँसको आर्पुति गर्ने गर्दछ। 
४) दाना :- पशुहरुको सन्तुलित भरण पोषणको लागी थप आहाराको रुपमा दानाको प्रयोग गरिन्छ। 
यस पुस्तकमा विशेषगरि घाँस खेतिको महत्व देखी लिएर, घाँस को प्रकार घाँस खेती गर्ने प्रविधि र तयारी घाँसलाई कसरी राख्न सकिन्छ भन्ने तरिकाहरुका बारेमा जानकारी दीएको छ।