बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई मासु,दुध, ऊन र मलको लागी धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।नेपाल वाहिर का आयातित जात हरु मा जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोचर प्रमुख छन |
खरी बाख्रा
खरी बाख्रा समुद्र सतहबाट ७०० देखि ७००० फिटसम्मको नेपाली भूभागको रैथाने प्रजाति हो जुन केहीअघिसम्म धेरै पालिने बाख्रामा पर्थ्यो। । खरीका विभिन्न सात रंगमध्ये कालो र खैरोलाई बढी तिक्खर मानिन्छ। मासु पर्ने कुरामा पनि खरी अरू प्रजातिभन्दा पछाडि छैन। खरी बाख्रा १८ महिनामा ४०–४५ किलोको हुन्छ।खरी बाख्रा १६ महीनापछि हरेक दुई वर्षमा तीन पटक बियाउँछ। हरेक बेतमा कम्तीमा दुइटा पाठापाठी जन्माउँछ। अरू जातको बाख्रामा नपाइने खरीको विशेषता के पनि हो भने पाठापाठी हुर्काउन यसको माउ बढी दत्तचित्त हुन्छे। रैथाने भएकोले हत्तपत्त रोग नलाग्ने खरीलाई बँधुवा बनाउँदा पनि राम्रो नतीजा आउँछ। भीर–पहरा जहाँ पनि चर्न सक्ने खरी बाख्रालाई मौसम ले पनि आयातीत प्रजातिलाई जस्तो असर पार्दैन र घाँस-दानामा पनि धेरै सन्तुलन मिलाइरहनुपर्दैन।

No comments:
Post a Comment